इलामको माई नगरपालिकामा भएको सवारी दुर्घटनामा झापाको मेचीनगर-८ आयाबारीका १८ वर्षीय एक युवाको मृत्यु भएको छ।
सोमबार दिउँसो २ बजे झापाबाट माइको चिलिमकोट बगान पिकनिक जाने क्रममा माई नगरपालिका-२ मस्तेमा १८ वर्षीय अनुष श्रेष्ठको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो।
मे१०प ६८४३ नम्बरको केटिएम डुक मोटरसाइकल अनियन्त्रित हुँदा उनी करिब २० मिटर तल झरेका थिए।
माई अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड लगिएको थियो। अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।