भक्तपुरको खरिपाटी होल्डिङ सेन्टरमा बस्दै आएका एक बालकको उपचारका लागि रवीन्द्र मिश्रले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
खरिपाटी होल्डिङ सेन्टरमा बस्दै आएकी बबिता घिसिङकी ५ वर्षीया छोरा सक्षमको उपचारका लागि आर्थिक सहायता गर्ने मिश्रले सामाजिक सञ्जालमार्फत घोषणा गरेका हुन्।
उनले आफू र दुई साथी मिलेर जनही १/१ लाख सहायता गर्ने बताएका छन्।
सेतोपाटीसँग कुरा गर्दै मिश्रले आजभोलि मै अस्पताल लगे पनि सहायताका लागि तयार रहेको बताएका छन्।
सक्षमको घाँटीमा पाइप जोडिएको छ। उनी त्यही पाइपको सहायताले सास फेर्छन्।
बबिता तीन महिनाकी सुत्केरी हुन्। सक्षमको अपरेसन गरेर घाँटीको उपचार गर्न सकिन्छ भनेको उनले बताएकी छन्।
तर त्यसका लागि डाक्टरले २/३ लाख लाग्ने भनेको उनले बताएकी छन्।
सक्षमको उपचार हुन नपाउँदा ५ वर्ष हुँदा पनि उनलाई बबिताले स्कुल पठाउन पाएकी छैनन्। घाँटीमा जोडिएको उपकरण सहपाठीहरुले निकालिदिए भने सक्षमको ज्यानै जान सक्ने जोखिम भएकाले विद्यालयले पनि उनलाई भर्ना लिएका छैनन्।
आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन सम्भव नभएकाले उनले धेरैलाई सहयोगका लागि अनुरोध गरेको पनि बताएकी छन्।
पढ्नुस् सेतोपाटीमा प्रकाशित उनको स्टोरी—