नेपाल आयल निगमले ग्यास बिक्री गर्न तोकेको स्थानहरूमा उपभोक्ताको लाइन लागेको छ।
शनिबारदेखि निगमले विभिन्न पाँच ठाउँ तोकेर आफैले ग्यास बेच्न थालेको हो।
निगमको टेकुस्थित कार्यालयमा बिहानैदेखि उपभोक्ताहरूको लाइन छ।
अन्य स्थानमा पनि ग्यास सिलिन्डर लिएर उपभोक्ताहरु लाइनमा छन्।
नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा ग्यास उद्योगीहरूमार्फत आज आइतबार उपत्यकाका विभिन्न ७ वटा स्थानबाट ग्यास बिक्रीवितरणको व्यवस्था मिलाएको छ।
पढ्नुस्: पाँच ठाउँबाट सुरू भयो ग्यास वितरण, कहाँ कुन ग्यास पाइन्छ?
नियमित बिक्रेताहरूबाट ग्यास पाउन नसकेका अति आवश्यक परेका उपभोक्ताहरूलाई लक्षित गरी यो कदम चालिएको हो।
बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म यी तोकिएका स्थानहरूबाट ग्यास खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
ग्यास खरिद गर्नका लागि उपभोक्ताहरूले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा ल्याउनुपर्ने निगमले जनाएको छ।
तस्बिरहरूः
-ink-1786874270.jpeg)
-ink-1786874271.jpeg)
-ink-1786874271.jpeg)
-ink-1786874271.jpeg)
-ink-1786874270.jpeg)
-ink-1786874270.jpeg)
-ink-1786874270.jpeg)
-ink-1786874270.jpeg)
-ink-1786874270.jpeg)
-ink-1786874270.jpeg)
-ink-1786874270.jpeg)
-ink-1786874269.jpeg)
-ink-1786874269.jpeg)
तस्बिरः नेपाल फोटो लाइब्रेरी।