चिलिमे जलविद्युत आयोजनाको अन्डरग्राउन्ड पावर भेट्न अझै तीन दिन खन्नुपर्ने अनुमान गरिएको छ।
फसेकाहरूको उद्धारमा संलग्न सुरूङविद् एंव सांसद श्रीराम न्यौपानेले सुरूङ भित्रको लेदो हटाउने काम निरन्तर भइरहेको बताएका छन्।
अहिलेकै गतिमा काम भए कम्तीमा पनि तीन दिन लाग्ने अनुमान रहेको उनले बताएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शनिबार बिहान ६ बजेदेखि एक्स्काभेटर र ह्विल लोडर प्रयोग गरी सुरूङ भित्रको लेदो हटाउने काम निरन्तर भइरहेको बताएका छन्।
'साँझसम्म करिब ६० मिटर लेदो निकलिएको छ, यही गतिमा काम भए थप ३ दिन लाग्ने अनुमान छ,' उनले लेखेका छन्।
त्यसैगरी, म्यानुअल रूपमा सुरूङको माथिल्लो भाग खोतल्दै जाने काम २४० मिटर मध्ये १२० मिटर भित्र पुगेको बताएका छन्।
भित्री अवस्था यकिन नभएकाले काम सम्पन्न हुन थप २ देखि ३ दिन लाग्न सक्ने अनुमान गरिएको उनको भनाइ छ।