दाङ प्रहरीले झन्डै ७९ ग्राम लागु औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्लाको घोराही उपमहानगरपालिक – ९ मछाइका ३१ वर्षीय गोविन्द खड्का पक्राउ परेका हुन्।
उनी घोराही – ८ शान्ति टोलबाट पक्राउ परेको प्रहरीले जनाएको छ।
उनको साथबाट ७८ ग्राम ९०० मिलीग्राम ब्राउन सुगर र दुई लाख ७७५ रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हेमबहादुर केसीले बताए।
प्रहरीका अनुसार पक्राउ परेका खड्का लागुऔषध डिलर हुन्। उनीविरूद्ध यसअघि पनि प्रहरीमा तीन वटा लागुआौषध सम्बन्धि मुद्दाहरु थिए।
जिप्रका दाङ र इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
लागुऔषध मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतले सात दिनको म्याद थप गरेको डिएसपी केसीले बताए ।