नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरवल तामाङ कारागार चलान भएका छन्।
जिल्ला अदालत काठमाडौंले माग गरेको धरौटी बुझाउन नसकेपछि बिहीबार अध्यक्ष तामाङ कारागार चलान भएको सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।
उनका अनुसार अदालतले उनीसँग २२ लाख धरौटी मागेको थियो।
तामाङ १० वटा मुद्दामा फरार प्रतिवादी कायम थिए। केही दिन अघि प्रधानमन्त्रीको कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलमा सहभागी हुन उनी सिंहदरबार पुगेका थिए।
सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरी बाहिरिँदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
उनीविरूद्ध ९ वटा बैंकिङ कसुरको मुद्दा र एउटा ठगीको कसुरको मुद्दा छ।
यो पनि: