सर्वाधिक पुरस्कार राशि भएको धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ।
धनगढी क्रिकेट एकेडेमीको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघको समन्वयमा हुने उक्त प्रतियोगिता आगामी फागुन ३ देखि १५ गतेसम्म सञ्चालन हुने आयोजकका अध्यक्ष सुवास शाहीले जानकारी दिए।
विभिन्न छ सहरका छ फ्रेन्चाइज टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ।
अघिल्लो संस्करणको उपाधि सिवाइसी अत्तरियाले हात पारेको थियो। उसले ३० लाख जितेको थियो।