प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका अलराउन्डर बसिर अहमदले शतक प्रहार गरेका छन्।
बसिरले आइतबार तल्लो मुलपानी मैदानमा नेपाल पुलिस क्लबविरूद्ध शतक प्रहार गरेका छन्।
बसिरले ८६ बलमा ८ चौका र २ छक्काको मद्दतमा १०० रन बनाएपछि आर्मीले ८ विकेटको क्षतिमा ४७ ओभरमा २४३ रन जोड्यो।
आर्मीका लागि भीम सार्कीले ६२ रन जोड्दा अरु ब्याटर चल्न सकेनन्।
बलिङमा पुलिसका श्रवण यादवले ३ विकेट लिए भने सागर ढकाल र रशिद खानले २-२ विकेट लिए।