नेपालले युएईलाई ३१४ रनको लक्ष्य दिएको छ।
एसिसी प्रिमियर कपअन्तर्गत शनिबार भएको फाइनल खेलमा नेपालले युएईलाई ३१४ रनको फराकिलो लक्ष्य दिएको हो।
मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा आशिफ शेखको शतक र गुल्सन झाको अर्धशतकमा नेपालले पूरा ओभर खेलेर ९ विकेटको क्षतिमा ३१३ रन बनाएको हो।
शतक पूरा गर्ने क्रममा आशिफले १०६ बलमा ८ चौका र ४ छक्का प्रहार गरी १०२ रन बनाए।
गुल्सनले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गरी ५२ रन बनाए।
अर्का ओपनर अर्जुन कुमालले ६३ बलमा ६ चौका प्रहार गरी ४३ रन बनाए। रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ र बसिर अहमदले १५ रन जोडे।
बलिङतर्फ युएईका इब्रार अहमदले ४ विकेट लिए। त्यस्तै खुजइमा तनवीरले २ तथा हैदर अली र अदिव उस्मानीले १/१ विकेट लिए।
आजको खेल जित्ने टोलीले अर्को वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ।