युरोपा लिग छनोटको दोस्रो चरणको प्रतिस्पर्धामा इंग्लिस क्लब टोटेनहम र इटालियन क्लब एसी मिलानले जित हात पारेका छन्।
टोटेनहमले बिहीबार राति भएको खेलमा बुल्गेरियन क्लब लोकोमोटिभ प्लोभ्दिभलाई २-१ गोलले पराजित गर्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लोकोमोटिभले पहिले अग्रता लियो। उसका लागि मिन्चेभले ७१ मिनेटमा गोल गरे।
तर खेलको ७८ मिनेटमा लिमा अल्मेइडाले ७८ मिनेटमा रेकर्ड पाउँदा लोकोमोटिभ १० खेलाडीमा सीमित बन्यो। लगत्तै अर्को मिनेटमा कारागारेन दोस्रो पहिलो कार्ड पाए। जसका कारण लोकोमोटिभ ९ खेलाडीमा सीमित बन्यो।
टोटनहमका लागि ८० मिनेटमा ह्यारी केनको पेनाल्टीबाट बराबरी गोल फर्काए। ५ मिनेट बाँकी छदा एनडोम्बेलेले अर्को गोल गरेपछि टोटेनहम २-१ ले अघि बढ्यो।
युरोपा छनोटको अर्को खेलमा एसी मिलानले आयरल्यान्डको शामरक रोवर्स एफसीलाई २-० गोलले पराजित गर्यो।
मिलानका लागि इब्राहिमोविकले २३ मिनेटमा पहिलो गोल गरेका थिए। यस्तै चल्हाल्नोग्लु ६७ मिनेटमा टिमको अग्रता दोब्बर पारे।