साविक विजेता आर्सनल एफए कपबाट बाहिरिएको छ।
शनिबार भएको चौथौ चरणको खेलमा साउथह्याम्टनसँग १-० गोलले पराजित हुँदै आर्सनल बाहिरिएको हो।
खेलको २४ मिनेटमा आर्सनलका गाब्रियलले आफ्नै पोस्टमा गोलमा गर्दा साउथह्याम्टनलाई फाइदा पुगेको थियो।
उनले वाल्कर पेटर्सको क्रसलाई रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गरेका थिए।
आर्सनलले पछिल्ला सात खेलमा पहिलो हार बेहोरेको हो। यस्तै उसले ५०८ मिनेटपछि गोल खाएको हो।
अब साउथह्याम्टनले अर्को चरणमा वुल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ।