अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक लिगको बक्यौता रकम उपलब्ध नगराएको भन्दै ए, बी र सी डिभिजन क्लबले ध्यानाकर्षण गराएका छन्।
क्लबहरूले लिग सम्पन्न भएको महिनौं बित्दा समेत रकम उपलब्ध नगराएको भन्दै बिहीबार ध्यानाकर्षणपत्र एन्फा महासचिव किरण राईलाई बुझाएका छन्।
एन्फा अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा ए, बी र सी डिभजन क्लबलाई २०७७/७८ र २०७९/८० को बक्यौता रकम यथाशिघ्र उपलब्ध गराउन माग गरिएको छ।
ए डिभिजन क्लबहरुले बुझाएको पत्रमा तीन वटा डिभिजनका क्लबहरूलाई एन्फाले बुझाउन बाँकी रकम ५ करोड ३१ लाख रुपैयाँ बढी रहेको छ।
एन्फालाई रकम उपलब्ध माग गरिएको पत्रमा २६ क्लबका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
![](https://www.setopati.com/uploads/editor/Sports/Anfa%20andolan/letter1.jpg)
![](https://www.setopati.com/uploads/editor/Sports/Anfa%20andolan/club1.jpg)
![](https://www.setopati.com/uploads/editor/Sports/Anfa%20andolan/club2.jpg)
![](https://www.setopati.com/uploads/editor/Sports/Anfa%20andolan/club3.jpg)
![](https://www.setopati.com/uploads/editor/Sports/Anfa%20andolan/sign1.jpg)
![](https://www.setopati.com/uploads/editor/Sports/Anfa%20andolan/sinn2.jpg)