युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना र इन्टर मिलानले बराबरी खेलेका छन्।
गएराति सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र इन्टर मिलानले ३-३ गोलको बराबरी खेलेका हुन्।
खेल सुरू भएको पहिलो मिनेटमै मार्कस थुरमको गोलबाट इन्टरले सुरूवाती अग्रता लिएको थियो।
२१ मिनेटमा डेन्जेल डम्फ्राइजले गोल गर्दै अग्रता दोब्बर पारेका थिए।
२४ मिनेटमा बार्सिलोनाका लामिन यमलले गोल गरे। फेरान टोरेसले ३८ मिनेटमा अर्को गोल गर्दा पहिलो हाफमा खेल २-२ को बराबरीमा पुग्यो।
दोस्रो हाफको ६३ मिनेटमा डम्फ्राइजले गोल गर्दै इन्टरलाई पुनः अग्रता दिलाए।
त्यसको दुई मिनेटमै इन्टरकै यान सोमरले आत्मघाती गोल गरेपछि खेल पुनः बराबरीको अवस्थामा पुगेको थियो।
त्यसपछि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको थियो।
सोमरको आत्मघाती गोलले बार्सिलोनालाई सम्भावित हारबाट जोगाएको छ।
दोस्रो लेग सान सिरोमा एक सातापछि हुनेछ।