म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
गएराति वुल्भ्सलाई १-० गोलले पराजित गर्दै सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको हो।
सिटीका लागि घरेलु मैदानमा ३६ मिनेटमा केभिन डि ब्रुएनले गरेको गोल निर्णायक बन्यो।
सिटीले ६४ अंक बनाएको छ। उसले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना जिवितै राखेको छ।
एक खेल कम खेलेको न्यूकासल ६२ अंकसहित चौथो र चेल्सी ६० अंकसहित पाँचौं स्थानमा छ।
शीर्षस्थानको लिभरपुलको ८२ अंक छ। उसले यसअघि नै उपाधि जित निश्चित गरिसकेको छ। दोस्रो स्थानमा रहेको आर्सनलको ६७ अंक छ।
सिटीसँग गएराति पराजित भएको वुल्भ्स १३ औं स्थानमा छ।