बायर्न म्युनिखले २०२४–२५ सिजनको बुन्डेसलिगा उपाधि जितेको छ। उसले जसले ३३औं जर्मन लिग जितेको हो।
आइतबार बायर्न च्याम्पियन बन्दा दोस्रो स्थानको बायर लेभरकुसेनको नतिजाले साथ दियो। बायर लेभरकुसेनले फ्राइबर्गसँग २–२ को बराबरी खेलेपछि शीर्ष स्थानमा पुग्न असम्भव भयो र बायर्न दुई खेलअघि च्याम्पियन बन्यो।
यो उपाधि बायर्नका लागि मात्र होइन इंग्ल्याण्डका कप्तान ह्यारी केनका लागि पनि विशेष बन्यो।
किनभने यो उनको करियरको पहिलो प्रमुख क्लब उपाधि हो। केनले २०२३ मा टोटेनहम हट्स्परबाट बायर्नमा गएपछि सिजनमा उपाधि जित्न सकेका थिएनन्।
तर दोस्रो सिजनमा उनले बुन्डेसलिगामा २४ गोल गरिरसकेका छन् भने बायर्नलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले।