बार्सिलोना र इस्पानोलबीचको खेल भएको आरसिडिइ रंगशाला बाहिर उपस्थित भिडमा कार छिर् १३ जना घाइते भएका छन्।
गएराति कातालानस्थित खेल हेर्न आएका दर्शकको भिडमा कार छिरेर दुर्घटना हुँदा १३ जना घाइते भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।
भिडमा कार छिरेपछि त्यहाँ उपस्थित प्रहरीहरूले परिस्थिति नियन्त्रणमा लिएका थिए।
प्रहरीले त्यसलाई जाना जान भिडमा गाडी दौडाएर मानिसहरूको हत्या गर्ने प्रयास नभएको भनेको छ।
प्रहरीले त्यसलाई दुर्घटना भनेको छ। कार चालकलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो।
घाइते भएका १३ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई तत्कालै उपचारका लागि अस्पताल पठाइएको थियो।
प्रहरीले घटनापछि मैदानभित्र कुनै पनि किसिमको खतरा नभएको भनेको थियो।