काठमाडौं टोखाको श्री भगवती क्लब सहिद स्मारक ए डिभिजन लिगमा बढुवा भएको छ। मंगलबार भएको निर्णायक खेलमा ब्वाइज युनियन क्लबलाई २-१ गोलले पराजित गर्दै भगवतीले शीर्ष डिभिजनमा बढुवा पक्का गरेको हो।
यसअघि प्लानिङ ब्वाइज युनाइटेडले शीर्ष डिभिजन आफ्नो स्थान बनाएको थियो।
भगवतीको जितमा शिशिर लेखी र अजित लामाले एक एक गोल गरे। शिशिरले छैटौं मिनेटमा पहिलो गोल गरेका थिए।
अजितले खेलको ३८औं मिनेटमा अग्रता दोब्बर बनाउँदा भगवती पहिलो हाफमा दबाब रहित बनेको थियो।
ब्वाइज युनियनका लागि सन्जिव लामाले ७९ मिनेटमा गोल गरे पनि त्यो सान्त्वनामै सीमित बन्यो।
जितपछि भगवतीले अन्तिम खेलअघि २६ अंक जोड्यो। ब्वाइज युनियन अन्तिम खेलअघि १९ अंक जोडेर तेस्रो स्थानमा छ भने शीर्ष डिभिजनमा पुग्ने आसा सकिएको छ।