इंग्लिस प्रिमियर लिगमा शीर्ष पाँच रहेर आगामी सिजनको युरोपियन च्याम्पियन्स लिग खेल्ने टोलीको टुंगो लागेको छ।
यसअघि च्याम्पियन शीर्ष स्थानको लिभरपुल र दोस्रो स्थानले च्याम्पियन्स लिगमा स्थान पक्का गर्दा अन्तिम दिनको खेलपछि तेस्रो बनेको म्यानचेस्टर सिटी, चौथो बनेको चेल्सी र पाँचौ बनेको न्युकासल युनाइटेडले पनि च्याम्पियन्स लिगमा स्थान पक्का गरेका हुन्।
यो सिजन युरोपा लिग जितेको टोटेनहमसहित ६ इंग्लिस टोलीले च्याम्पियन्स लिग खेल्दैछन्।
अन्तिम दिन पराजित भएसँगै छैटौं स्थानको एस्टन भिल्ला र सातौं स्थानको नटिङघम फरेस्टको च्याम्पियन्स लिग सपना पूरा हुन सकेन।
अन्तिम दिन लिभरपुलले क्रिस्टल प्यालेससँग एक एक गोलको बराबरी खेल्यो। आर्सनलले साउथह्याम्टनलाई २-१ गोलले हरायो।
म्यानचेस्टर सिटीले फुलहममाथि २-० गोलको जित निकाल्यो। नटिङघमाथि चेल्सी १-० गोलको जित निकाल्न सफल भएको थियो।
न्युकासल भने एभर्टनसँग १-० गोलले पराजित भयो। नटिङघमसँगै एस्टन भिल्ला म्यानचेस्टर युनाइटेडसँग २-० गोलले पराजित हुँदा न्युकासललाई फाइदा भयो।