एएफसी एसियन कप २०२७अन्तर्गत तेस्रो चरणको प्रतिस्पर्धामा मंगलबार दक्षिण एसियाका टोलीका लागि खराब दिन साबित भयो।
दक्षिण एसियाका सातमध्ये ६ टोली मंगलबार पराजित भए। श्रीलंकाले भने जित निकाल्न सफल भयो।
समूह 'एफ' मा नेपालले लाओससँग २-१ गोलको हार ब्यहोर्यो। लाओसको मैदानमा पराजित भएसँग नेपालले छनोटमा सुरुवाती दुवै खेलमा पराजय भोग्न बाध्य भयो।
भारतलाई हङकङले १-० गोलले हरायो। समूह ‘सी’ मा भारत दुई खेलमा एक अंक जोडेर चौथो स्थानमा छ। यो समूहमा रहेको अर्को टोली बंगलादेश पनि जितबाट बन्चित भयो। बंगलादेशलाई मंगलबार सिंगापुरले २-१ गोलले हरायो। बंगलदेशले पनि समूहमा एक अंक मात्र जोडेको छ।
यता पाकिस्तानमाथि सिरियाले २-० गोलले हरायो। समूह ‘ई’ मा पाकिस्तानले दुवै खेलमा पराजय भोगिसकेको छ।
माल्दिभ्स पनि कमजोर मानिएको इस्ट टिमोरसँग पराजित भएको छ। माल्दिभ्स १-० गोलले पराजित भएसँगै समूह ‘ए’ मा अंक तालिकमा दुवै खेलमा पराजय भोग्दै चौथो स्थानमा छ।
भुटानले पनि जितबिहीन बन्यो। ब्रुनाइसँग मंगलबार २-१ ले पराजित भएपछि भुटान समूह ‘बी’ मा एक अंक जोडेर पुछारमा छ।
श्रीलंकाले भने चाइनिज ताइपेईमाथि ३-१ गोलको जित निकालेको छ। समूह ‘डी’ मा उसले पहिलो जित दर्ता गराएको हो।
अहिले एसियन कप छनोटको तेस्रो चरणमा ६ समूहमा प्रतिस्पर्धा भइरहेको छ। समूहक विजेता मात्र सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा छनोट हुनेछन्। प्रतियोगिताका लागि यसअघि नै १८ टोलीले स्थान पक्का गरिसकेका छन्।
तेस्रो चरणको छनोटमा दक्षिण एसियाका टोलीको खराब प्रदर्शनसँगै सन् २०२७ मा पनि दक्षिण एसियाबाट कुनै पनि टोली छनोट हुने खतरा बढ्दै गएको छ।