फिफा क्लब विश्वकप २०२५ को समूह चरणमा सबै टोलीले आफ्नो पहिलो खेल खेलेका छन्। जसमा बुधबार राति चार खेल भएका छन्।
इंग्लिस क्लब म्यानचेस्टर सिटीले मोरक्कन क्लब वायडाड एसीलाई समूह ‘जी’को खेलमा २–० ले पराजित गरेको छ। लिंकन फाइनान्सियल फिल्ड, फिलाडेल्फियामा भएको थियो। सिटीका लागि फिल फोडेनले पहिलो हाफमा र जेरेमी डोकुले दोस्रो हाफमा गोल गरेका थिए। सिटीका रिको लेविसले ८८ मिनेटमा रातो कार्ड पाएका थिए।
यता स्पेनिस क्लब रियल म्याड्रिड र साउदी क्लब अल हिलालले समूह ‘एच’ मा हार्ड रक रंगशाला मायमीमा भएको खेलमा १-१ गोलको बराबरी खेलेका छन्। रियलका लगि गोन्जालो गार्सियाले पहिलो हाफमा गोल गर्दा हिलालक लागि रुबेन नेभेसले ४१ मिनेटमा पेनाल्टीबाट गोल फर्काए।
इटालियन क्लब युभेन्टुसले युएईको अल एनलाई ५-० गोलले हराएको थियो। समूह ‘जी’ मा युभेन्ट्सका लागि रान्डाल कोलो मुआनी र फ्रान्सिस्को कोन्सेइसाओले दुई-दुई गोल गरे।
सिनसिनाटीमा भएको समूह एचको अर्को खेलमा अस्ट्रियाको आरबी साल्जबर्गले मेक्सिकन क्लब पचुकालाई २–१ ले हराएको थियो। पचुकाले पहिलो हाफमा अग्रता लिए पनि साल्जबर्गले दोस्रो हाफमा दुई गोल फर्कायो।