पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले साउदी क्लब अल-नासरसँग २०२७ सम्मको लागि दुई वर्षको नयाँ सम्झौता गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् साउदीमा थप दुई वर्ष बस्ने उल्लेख गरेका हुन्।
यो सम्झौताको मूल्य बोनस र क्लबको १५% स्वामित्व सहित ४९२ मिलियन पाउन्ड (९२ अर्ब रूपैयाँ बढी) सम्म पुग्ने अनुमान गरिएको छ। यसमा २४.५ मिलियन पाउन्ड (३३.७ मिलियन डलर) को हस्ताक्षर शूल्क र प्रत्येक दुई दिनमा १० लाख पाउण्डभन्दा बढी कमाउने तलब समावेश छ।
यसअघिको सम्झौता यहि जुनमा सकिदै थियो। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौतापछि रोनाल्डो २०२३ मा अल-नासरमा अनुबन्धित भएका थिए। उनले क्लबका लागि १११ खेलमा ९९ गोल गरेका छन्, जसमा गत सिजन ४१ खेलमा ३५ गोल सामेल छ।
रोनाल्डो अहिले करिअरको एक हजार गोल गर्ने महत्वकांक्षासहित अघि बढेका छन्। हाल उनको करिअर गोल संख्या ९३८ छ। साउदी प्रो लिगमा उनको प्रति खेल ०.९४ गोलको औसत दर (स्काई स्पोर्ट्सको प्रदर्शन विश्लेषण अनुसार) छ। जसका कारण उनले साउदै यो लक्ष्य पूरा गर्ने देखिन्छ।
४० वर्षको उमेरमा धेरै फुटबरको करिअर सकिए पनि रोनाल्डो यो उमेरमा अझै फिट छन्। यसै वर्ष मात्र रोनाल्डोले नेसन्स लिग जितेका थिए।