दाङको लुम्बिनी फुटबल एकेडेमीको यू–१६ टोली डाना कप खेल्न डेनमार्क पुगेको छ।
युरोपियन फुटबल महासंघको मान्यता प्राप्त डाना कपका लागि एकेडेमीका खेलाडीले मंगलबारदेखि प्रतिस्पर्धा गर्ने छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार लुम्बिनी फुटबल एकेडेमीका डेनमार्क जान थालेको टोलीलाई बिदाइ गर्दै शुभकामना दिएका थिए।
च्यासलस्थित पार्टी कार्यालयमा बोलाएर एकेडेमीका १२ खेलाडी र ३ अफिसियललाई खादा लगाएर बिदाइ गर्दै प्रधानमन्त्री ओलीले जितको शुभकामना दिएका थिए।
लुम्बिनी फुटबल एकेडेमी ब्यक्तिगत लगानीमा सञ्चालन हुँदै आएको छ। जसले पछाडि पारिएका र विपन्न परिवारका बालबालिकालाई नि:शुल्क रूपमा आवासीय सुविधा पनि दिने गरेको छ।