दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक साफ क्लब महिला चाम्पियनसिप आयोजना गर्दैछ।
आगामी मंसिर १९ देखि पुस ५ गतेसम्म हुने प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
प्रतियोगितामा साफका पाँच वटा क्लबले भाग लिदैछन्।
जसम साफका श्रीलंका र माल्दिभ्सका क्लबको सहभागिता हुनेछैन।
नेपालबाट एपिएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल फुटबल क्लब, बंगलादेशबाट नासरिन स्पोर्ट्स एकेडेमी र पाकिस्तानबाट कराची सिटी एफसीले भाग लिनेछन्।