अखिल नेपाल फुटबल संघ (एन्फा) ले कात्तिक १९ देखि सुरू हुँदैछ। मकवानपुरको हेटौडास्थित गौरीटार रंगशालामा हुने लिग मंसिर २ गतेसम्म चल्नेछ।
एन्फा फुटबल विकास कार्यक्रम हुन लगेको लिगमा जिल्ला लिगबाट च्याम्पियन भएर प्रदेश लिगबाट छनोट भएका १० वटा क्लबबीच प्रतिस्पर्धा हुन लगेको हो।
१० टोलीलई दुई समूहमा विभाजन गरिएको छ। लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा समूह विजेता र उपविजेता गरी कुल चार टोली सेमिफाइनलम पुग्नेछन्।
सेमिफाइनलमा पुग्ने चार टोलीले यो वर्ष सञ्चालन हुने राष्ट्रिय लिग खेल्ने एन्फाको भनाइ छ।
प्रतियोगिताको स्थानिय आयोजक मकवानपुर जिल्ला फुटबल संघ रहेको छ भने सहभागी टोलीलाई हेटौडा नगरपालिकाको २ मैदानमा अभ्यासको व्यवस्था गरिएको छ।
प्रतियोगिताको विजेताले १० लाख पाउनेछ भने उपविजेतालाई ५ लाख दिइनेछ। फेयर प्ले टोली र उत्कृष्ट खेलाडीले ५०-५० हजार पाउनेछन्। सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले २५-२५ हजार पाउनेछन्। प्लेयर अफ दि म्याचले ५ हजार प्राप्त गर्नेछन। १० टोलीलाई तयारी खर्च स्वरुप ७-७ लाख दिइनेछ।
प्रतियोगिताको कुल बजेट १ करोड ५४ लाख रहेको छ।
सहभागी क्लबहरू
गाईघाट फुटबल क्लब (उदयपुर)
देउराली युथ क्लव (धनकुटा)
नव जाग्रिती क्लब (बारा)
चित्लाङ्ग फुटबल क्लब (काठमाडौं)
टाईगर्स टिम टिकाताथल (दोलखा)
जन जागृति युवा क्लव (बर्दिया)
काक्रेविहार युथ क्लब (सुर्खेत)
विजय स्पोर्टस् क्लब (कैलाली)
हैरान्स क्लब (तनहुँ)
लालीगुराँस एसोसियन क्लब (कास्की)