मलेसिया र बंगलादेशविरूद्ध खेल्न जाने नेपाली टोलीको विदाइ गरिएको छ।
बंगलदेशविरूद्धको मैत्रीपूर्ण खेल र एएएफसी एसियन कप छनोटको खेलका लागि नेपाली टोली सुरुमा बंगलादेश जाँदैछ।
कात्तिक २७ गते बिहीबार नेपाल र बंगलादेशबीच फिफा विन्डोमा अन्तर्राष्ट्रिय खेल हुँदैछ।
बंगलादेशमा हुने उक्त खेल साँझ पौने आठ वजे सुरू हुनेछ। यसअघि अफगानिस्तानसँग बंगलादेशले खेल्ने तय भएको थियो। तर अफगानिस्तानसँगको खेल रद्द भएसँगै बंगलादेशले नेपाललाई बोलाएको हो।
नेपालले बंगलादेशसँग खेलेको एक सातापछि मलेसियासँग अर्को खेल खेल्नेछ। नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँग मंसिर २ मा आफ्नो पाँचौ खेल खेल्नेछ।
मलेसियाविरूद्धको उक्त खेल घरेलु मैदानमा खेल्नु पर्ने भए पनि दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा उक्त खेल मलेसियमै खेल्नु पर्ने बाध्यता छ।
एसियन कप छनोटका यसअघिका चार खेलमा नेपालले रसको प्रशिक्षणमा खेल्दा चार खेल्दा सबै खेलमा पराजय भोगेको थियो।
मलेसिया र लाओससँग एक एक खेल भियतनामसँग दुवै खेलमा पराजित भएसँगै नेपाल छनोटबाट बाहिरिसकेको छ।