एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तर्गत सोमबार भएको खेलमा विजय स्पोर्ट्स क्लब र जन जागृति युवा क्लबको बीचमा १–१ गोलको बराबरी भयो।
सो खेलको ४१ औ मिनेटमा अरुण थापाको गोलमा विजयले अग्रता लिएको थियो। फुटबल क्लबले गाईघाट फुटबल क्लबलाई २–० ले हरायो । जन जागृतिका हरिहर बुढा मगरले इन्जुरी समयमा गोल गरे। सो बापत उनी प्लेयर अफ द म्याच समेत घोषित भए ।
अर्को खेलमा लालीगुराँस स्पोर्ट्स एसोसिएसनले चित्लाङ फुटबल क्लबलाई ३–० ले हरायो।
लाली गुराँसका लागि लच्छु थापा, आशिष गुरुङ र सुलेमान थापा मगरले गोल गरे । लच्छु सो खेलको प्लेयर अफ द म्याच घोषित भए।
२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ । सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोर्ट्स क्लब,हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब छन्।
लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुने छ ।