अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली चाइनिज ताइपेसँग पराजित भएको छ।
इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा आज सम्पन्न खेलमा नेपाली टोली चाइनिज ताइपेसँग १–० गोलले पराजित भएको हो।
खेलको दोस्रो हाफमा नेपालविरुद्ध गोल भएको हो।
चाइनिज ताइपेको लागि हुङ के सिनले निर्णायक गोल गोल गरिन्।
उनले खेलको ५३ औँ मिनेटमा गोल गर्दै आफ्नो टोलिको जित सुनिश्चित गरिन्।
फिफा महिला फुटबलको वरियतामा चाइनिज ताइपे ४२ औँ स्थानमा रहँदा नेपाल ८९ औँ स्थानमा रहेको छ।
यस त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपाल इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो। त्यस्तै चाइनिज ताइपेले इन्डोनेसियालाई ५–० गोलअन्तरले पराजित गरेको थियो।
दुवै खेलमा नेपालीका स्टार खेलाडी तथा कप्तान सावित्रा भण्डारी साम्बा चोटका कारण अनुपस्थित थिइन्।