साफ महिला क्लब फुटबल च्याम्पियनसिपअन्तर्गत नेपालको लिग च्याम्पियन सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले पाकिस्तानको कराँची सिटी एफसीमाथि १-० गोलको जित दर्ता गरेको छ।
एपिएफले आइतबार दशरथ रंशगालामा भएको खेलमा जित निकालेसँगै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
एपिएफले दोस्रो जित निकाल्दा रश्मिकुमारी घिसिङले गरेको गोल निर्णायक सावित बन्यो। उनले खेलको ५२ मिनेटमा गोल गरेकी थिइन्।
यसअघि एपिएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० गोलले हराएको थियो।
दोस्रो खेलमा भने एपिएफ भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो।
तीन खेलमा ७ अंक जोडेको एपिएफ अंक तालिकाको शीर्ष स्थानमा छ। आज इंस्ट बंगलाले बंगलादेशको नशरिनसँग खेल्दैछ। आज इस्ट बंगालले जितेमा एपिएफ अन्तिम खेलअघि नै फाइनल पुग्नेछ। कराची भने बाहिरिसकेको छ।
अन्तिम दिन एपिएफ र इस्ट बंगाल तथा ट्रान्सपोर्ट र नशरिनबीच बुधबार खेल हुनेछन्। फाइनल शनिबार साँझ ६ बजे हुनेछ।