इक्वेडरका डिफेन्डर मारियो पिनेइडाको ३३ वर्षको उमेरमा ग्वायाक्विलमा गोली हानी हत्या गरिएको छ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पिनेइडालाई बुधबार मोटरसाइकलमा आएका दुई व्यक्तिहरूले शहरको उत्तरी भागमा एक पसल बाहिर उनको आमा र अर्की महिलामाथि पनि गोली चलाएका थिए।
इक्वेडरको गृह मन्त्रालयले विशेष प्रहरी इकाई पठाएर अनुसन्धान गरिरहेको जनाएको छ।
ग्वायाक्विल गिरोह हिंसा र लागूऔषध तस्करीको केन्द्र बनेको छ, जहाँ जनवरीदेखि सेप्टेम्बरसम्म १,९०० हत्याहरू भएका छन्— यो इक्वेडरमा सबैभन्दा बढी हो।
सेप्टेम्बरमा तीन जना दोस्रो श्रेणीका फुटबल खेलाडीहरू मारिएका थिए र अक्टोबरमा एक स्थानीय खेलाडी गोली लागेर घाइते भएका थिए।
पिनेइडाले सन् २०१४ देखि २०२१ सम्म इक्वेडरका लागि नौ खेल खेलेका थिए। उनले क्लब करियर इन्डिपेन्डिएन्टे डेल भालेमा सुरु गरेका थिए र सन् २०१६ मा ग्वायाक्विलको बार्सिलोनामा आबद्ध भएका थिए। तर उनले लोनमा अन्य क्लबमा खेलेका थिए।
उनको हत्यापछि बार्सिलोनाले भनेको छ, ‘यो दुःखद खबरले हामी सबैलाई गहिरो पीडा दिएको छ।’
इक्वेडरियन फुटबल महासंघले हिंसाको निन्दा गर्दै पिनेइडाको परिवारप्रति समवेदना व्यक्त गरेको छ।