सशस्त्र प्रहरी बलको नेपाल एपिएफ फुटबल क्लबले राष्ट्रिय लिगका लागि प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियक्त गरेको छ।
दशकअघि टोलीको प्रशिक्षक रहेका राजेन्द्रलाई एपिएफले बिहीबार भित्र्याएको घोषणा गरेको हो।
सिजनका लागि एपिएफले दुई जना खेलाडीसँग पनि सम्झौता गरेको छ।
एपिएफले मिडफिल्डर सन्तोष खत्रीलाई भित्र्याएको हो। यस्तै टोलीले फरवार्ड अनिश क्षेत्रीसँग पनि सम्झौता गरेको छ।
यो वर्षको राष्ट्रिय लिग पुस २५ गतेदेखि गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) को भनाइ छ।
राष्ट्रिय लिगमा एन्फा प्रेसिटेन्ड लिगका शीर्ष चार टोली र अघिल्लो संस्करणको ए डिभिजन लिगको छ टोली गरी दश टोलीबीच प्रतिस्पर्धा हुने प्रावधान छ।
तर यो सिजन एन्फाले ए डिभिजन लिगका १४ टोलीमध्ये खेल्न चाहाने सबै टोलीलाई खेलाउने बताएको छ।