नेपाल फुटबल क्लब एसोसिएसन र केटिएम सिटीबीच सहकार्य भएको छ।
एसोसिएसन र केटिएम सिटीबीच ए, बी र सी डिभिजनमा आबद्ध क्लबका लागि केटिएम सिटीका उत्पादनमा ५० प्रतिशत छुट दिने सम्झौता भएको हो।
सम्झौतामा केटिएम सिटीका सिइओ सविन महतो र एसोसिएसनका महासचिव उपेन्द्रमान सिंहले हस्ताक्षर गरे।
तीन वर्षका लागि भएको सम्झौताअनुसार क्लबहरूले केटिएम सिटीले उत्पादन गरेका जर्सी, ट्र्याक सुट, मोजा, ज्याकेट लगायतका सामग्री खरिदमा ५० प्रतिशत छुट पाउनेछन्।
एसोसिएसनका अध्यक्ष कर्माछिरिङ शेर्पाले ए, बी र सी डिभिजन बाहेक राष्ट्रिय लिग खेल्न लागेका चार क्लबले पनि यो छुट पाउने सक्ने बताए।
साथै आफ्नो व्यवसायीक सम्झौता गरेका बाहेक तीन वटै डिभिजनका क्लबले यो सम्झौताको फाइदा लिन सक्ने हिमालयन शेर्पा क्लबका अध्यक्ष समेत रहेका शेर्पाले बताए।
अहिलेसम्म ८ वटा क्लबले केटिएम सिटीको जर्सी लगाएर राष्ट्रिय लिग खेल्ने पक्का भइसकेको उनको भनाइ छ।