सुमन श्रेष्ठलाई नेपाली महिला यू-१९ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको छ।
आगामी माघ १५ देखि पोखरामा हुने साफ यू-१९ महिला च्याम्पियनसिपका लागि सुमनलाई जिम्मेवारी दिइएको छ।
यस्तै टोलीका लागि राजुसिंह महर्जनलाई गोलकिपिङ प्रशिक्षक नियुक्त गरिएको छ।
नियुक्त भएका दुवैलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलबार नियुक्ती पत्र हस्तान्तरण गरे।
सुमनले यसअघि नेपाल सुपर लिगमा पोखरा थन्डर्सको प्रशिक्षक भएर काम गरेका थिए भने उनीसँग दुई दशकको प्रशिक्षण अनुभव छ।
उनले नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरुमा लामो समय प्रशिक्षण गराएका छन्।