थाइल्याण्डको बैंककस्थित हुआ मार्क इन्डोर स्टेडियममा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला फुटसल अन्तर्गतको खेलमा नेपालले माल्दिभ्सलाई ५-० गोलले हराएको छ।
खेलको पहिलो हाफमै नेपाललेले ४-० को बलियो अग्रता लिएको थियो। नेपालका खेलाडीहरू जेनिफर राना (४ र १२ मिनेट), बिमला चौधरी (११ मिनेट) र मनिषा थापा मगर (१८ मिनेट) गोल गरे।
दोस्रो हाफमा माल्दिभ्सकी खेलाडीले एक गोल आत्मघाती गरेकी थिइन्।
मुख्य प्रशिक्षक विक्रम महर्जनको नेतृत्वमा मैदान उत्रिएको नेपाली टोलीको सुरुवाती ५ मा गोलरक्षक सावित्री किसन, दीपा राई, मनिषा थापा मगर, जेनिफर राना र अनिता केसी रहेका थिए।
खेलमा कुल ८६ जना दर्शकको उपस्थिति रहेको थियो। खेल अवधिभर नेपालले ४ वटा फाउल गरेको थियो भने मालदिभ्सले २ वटा फाउल गरेको थियो।