राष्ट्रिय लिग २०८२ अन्तर्गत आइतबार फ्रेण्ड्स क्लबमाथि एपिएफ क्लबले जित दर्ता गराएको छ।
एपिएफले १-० गोलको जित दर्ता गराएको हो। एपिएफले फ्रेण्ड्सका खेमराज श्रेष्ठले २५औं मिनेटमा गरेको आत्मघाती गोलबाट अग्रता लिएको थियो र सोहि गोल नै पछि निर्णायक बन्यो।
यता नवप्रवेशी काँक्रेविहारमाथि संकटा क्लबले ४-० गोलको जित हात पारेको छ।
संकटाका लागि अनिश महर्जनले १४, कृष्ण बहादुर आलेले ४५+२, विशाल तामाङले ५५ र जिल्बर्ट विल्गोले ७४ मिनेटमा गोल गरे।
अर्को खेलमा जवालखेल युथ क्लबले पनि श्री भगवती क्लबलाई ४-० गोलले पराजित गरेको छ।
जावलाखेलका लागि हामिल्टन र धर्मेन्द्रले २-२ गोल गरे। हामिल्टनले पहिलो मिनेट र ९०+८ तथा धर्मेन्द्रले ४ र ५७ मिनेटमा गोल गरेका थिए।