साफ फुटसल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ नेपालले पाकिस्तानसँग ४-४ गोलको बराबरी खेल्न बाध्य भएको छ।
मंगलबार भएको खेलमा नेपालले ३-० गोलको अग्रता जोगाउन सकेन।
नेपालले विक्रान्त नरसिंह राणाले पहिलो र १९ मिनेटमा गरेको गोलबाट सुरुवात अग्रता लियो। २४ मिनेटमा जेनिस प्रजापतिले तेस्रो गोल गरे।
२५औं मिनेटमा पाकिस्तानका लागि मोहमद इल्हमले गोल गर्न सफल भए। नेपालका लागि सुरुज गुरुङले ३२ मिनेटमा चौथो गोल गरेका थिए।
तर पाकिस्तानका लागि निहर हुसेनले ३३ र असिफ चौधरीले ३४ मिनेटमा गोल फर्काएर खेललाई बराबरीमा ल्याए।
थाइल्यान्डमा भइरहेको प्रतियोगितामा नेपालले यसअघि भारतसँग ३-३ गोलको बराबरी खेल्दा श्रीलंकालाई २-१ ले हराएको थियो।
सात टोली सहभागी प्रतियोगितामा नेपाल तीन खेलबाट ५ अंक जोड्दै तेस्रो स्थानमा छ। यता महिलातर्फ नेपालले चार खेलमा दुई हार ब्यहोर्दा एक बराबरी र एक जित निकालेको छ।