युरोपियन च्याम्पियन्स लिग २०२५/२६ को लिग चरणको म्याच-डे ७ मा मंगलबार राति भएका खेलले निकै रोमाञ्चक र आश्चर्यजनक नतिजा दिएका छन्।
नर्वेका सानो क्लब बोदो/ग्लिम्टले म्यानचेस्टर सिटीलाई ३-१ ले हराउँदा यो खेल च्याम्पियन्स लिग इतिहासकै ठूलो अपसेटमध्ये एक बनेको छ।
यसैबीच आर्सनलले इन्टर मिलानलाई ३-१ ले हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको छ। रियल म्याड्रिडले पनि मोनाकोमाथि ६-१ को भारी जित निकालेको छ। रियलले किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा रियलले घरेलु मैदानमा मोनाकोमाथि भारी जित हासिल गर्यो।
ओलम्पियाकोसले बायर लेभरकुजेनमाथि २-० गोलको जित हात पारेकको छ।
यता स्पोर्टिङ सीपीले पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि २-१ को जित निकालेको छ। टोटेनहम हट्स्परले बोरोसिया डर्टमुन्डलाई २-० ले पराजित गरेको छ
यी नतिजाहरूले लिग चरणको तालिकामा ठूलो प्रभाव पारेका छन्। आर्सनलले ७ खेलमा ७ जितसँगै २१ अंक जोडेर शीर्ष स्थानमा छ भने रियल १५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। म्यानचेस्टर सिटीको हारले उनीहरूको स्थिति जटिल बनेको छ। सिटी १३ अंकसहित सातौं स्थानमा