युरोपेली च्याम्पियन्स लिग २०२५/२६ को लिग चरणमा सातौं खेल सकिएका छन्।
गए रातिको खेलमा बार्सिलोनाले स्लाभिया प्राहालाई रोमाञ्चक खेलमा ४–२ ले हरायो। बार्सिलोनाका लागि फर्मिन लोपेजले दुई गोल गर्दा ड्यानी ओल्मो र लेवान्डोवस्कीले एक एक गोल थपे।
यता इंग्लिस लिभरपुलले मार्सेलीलाई ३–० ले पराजित गर्यो। जर्मन क्लब बायर्न म्युनिखले युनियन सेन्ट-गिल्लोइसलाई २–० ले हराउँदा ह्यारी केनले दुई गोल गरे।
न्यूक्यासल युनाइटेडले पिएसभीलाई ३–० ले हरायो भने जुभेन्टसले बेनफिकालाई २–० ले पराजित गरे भने इचेल्सीले पाफोसलाई १–० ले तथा एथ्लेटिक क्लबले अतलान्तालाई ३–२ ले हरायो।
अब अन्तिम खेल मात्र बाँकी छ जसले शीर्ष आठ र प्लेअफ स्थान निर्धारण गर्नेछ।अंक तालिकाको हालको अवस्था आर्सनल – ७ खेलमा ७ जित, २१ अंक अपराजित रहँदै शीर्षमा छ। दोस्रो स्थानको बायर्न म्युनिख – ६ जित १ हार, १८ अंक छ। आर्सनल र बार्यन नकआउट चरणमा पुगिसकेका छन्।
यस्तै रियल म्याड्रिडको ५ जित २ हार, १५ अंक तथा चौथो स्थानको लिभरपुलको ५ जित २ हार, १५ अंक रहेको छ। पाँचौ स्थनको टोटेनहम हट्स्परको ४ जित २ बराबरी १ हार, १४ अंक भने छैटौं स्थानमा पेरिस सेन्ट जर्मन, स्पोर्टिङ सीपी, म्यानचेस्टर सिटी, एट्लेटिको म्याड्रिड, अतलान्ता, जुभेन्टस, चेल्सी, न्यूक्यासल जस्ता टिमहरू १३ अंकका साथ छन्।
बार्सिलोनाले जितपछि १३ अंक जोडेको छ। नियमअनुसार ३६ टिमले ८–८ खेल खेल्छन्। शीर्ष ८ टिम सीधै अन्तिम १६ मा प्रवेश गर्नेछन् ९ देखि २४ का टोली प्लेअफ चरण (दुई खेल) खेल्नेछन् भने २५ देखि ३६ सम्मका टोली बाहिरिनेछ।
अब जनवरी २८ मा हुने अन्तिम खेलले धेरै टिमको भविष्य तय गर्नेछ।