साफ फुटसल च्याम्पियनसिपअन्तर्गत नेपालले माल्दिभ्ससँग २-१ को हार ब्यहोरेको छ।
खेलको २३ मिनेटमा अब्दुल्लाह सराफूको गोलबाट माल्दिभ्सले अग्रता लियो। तर विक्रान्त नरसिंह राणाले २४औं मिनेटमा नेपालका लगि बराबरी गोल फर्काए।
३३ मिनेटमा मोहमद इमारनको गोलबाट माल्दिभ्सले दोस्रो पटक अग्रता लियो। यसअघि नै उपाधिबाट बन्चित भइसकेको नेपालका अमित लामाले ३३ मिनेटमा रातो कार्ड पाए।
चार खेलबाट एक जित र दुई बराबरी खेल्दै ५ अंक जोडेको नेपाल अंक तालिकामा चौथो स्थानमा छ।