एपीएफ फुटबल क्लबले उदयपुरको गाईघाटमा सम्पन्न 'रेडबुल एन्फा महिला च्याम्पियनसिप २०८२' को उपाधि जितेको छ।
शनिबार उदयपुरको त्रियुगा नगरपालिकास्थित थरुहट रंगशालामा भएको रोमान्चक फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो।
एपीएफका लागि गीता राना र रेनुका नगरकोटेले गोल गर्दा आर्मीका लागि जेनिफर रानामगरले फर्काएको गोल सान्त्वनामा सीतिम बन्यो।
कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले म्याच अफिसियलहरूलाई बल हस्तान्तरण गर्दै फाइनल खेलको उद्घाटन गरेका थिए।
समापन समारोहमा एन्फाका महासचिव किरण राई लगायत अन्य खेल पदाधिकारीहरूको उपस्थिति रहेको थियो।