राष्ट्रिय लिग २०८२ मा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भाएको खेलमा एपिएफले नव जन जागृति युवा क्लब सिमरालाई ४-१ गोलले हराउँदै शीर्ष स्थानमा पुगेको हो।
खेलमा अग्रता भने नव जन जागृतिले लियो। उसका लागि निश्चय थापाले ३० मिनेटमा गोल गरेका थिए।
त्यसपछि एपिएफले चार गोल गर्यो। हरि कार्कीले ४३ मिनेटमा बराबरी गोल गरे।
४६ मिनेटमा युवराज खड्काको गोलबाट अग्रता लिएको एपिएफका लागि समिराज थोकारले ५६ र अनिश घर्ति मगरले ५९ मिनेटमा गोल गरे।
जितसँगै एपिएफले ६ खेलबाट १६ अंक जोडेको छ। समान खेलबाट १६ अंक नै जोडेको मछिन्द्र भने गोल अन्तरमा पछि परेको छ।
नव जन जागृति भने सबै खेलमा पराजित हुँदा पुछार अर्थात् १७औं स्थानमा छ।