राष्ट्रिय लिग २०८२ मा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसलाई जावलाखेलले ३-० गोलले हराएको हो।
निकोलास हामिल्टनले १८ मिनेटमा पहिलो गोल गरे। यस्तै युवराज ढकालले २८ मिनेटमा अग्रता दोब्बर पारे।
पुलिसले ७६ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्न सकेन। भरत साह पेनाल्टीमा चुकेका थिए।
जावलाखेलका लागि विकास दर्लामी मगरले ७७ मिनेटमा तेस्रो गोल गर्दै आफ्नो टोलीलाई जिततर्फ अघि बढाए।
जितसँगै जावलाखेल छ खेलबाट नौ अंक जोड्दै आठौं स्थानमा छ। पुलिस भने चार अंक मात्र जोडेर पुछारबाट तेस्रो अर्थात् १५औं स्थानमा छ।