फिफा सिरिज २०२६ मा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पहिलो खेल कंगोसँग खेल्ने भएको छ।
आगामी महिना नेपालले कंगोसँग थाइल्यान्डमा खेल्ने भएको हो। यो सिरिजमा थाइल्यान्ड र ओशिनिया क्षेत्रबाट छनोट भएर आउने टोलीबीच अर्को खेल हुनेछ।
दुवै खेल १२ अप्रिल आइतबार हुनेछन्। पहिलो दिनको विजेता टोलीहरु र हार्ने टोलीहरुबीच दोस्रो खेल हुनेछ। दोस्रो खेल १५ अप्रिल बुधबार हुनेछ। सबै खेल थाइल्यान्डको रतचाबुरीमा हुने फिफाको भनाइ छ।
फिफा सिरिजका खेल
नेपाल भर्सेस कंगो डिआर - १२ अप्रिल आइतबार
थाइल्यान्ड भर्सेस ओशिनिया टोली - १२ अप्रिल आइतबार
पहिलो दिन हार्ने टोली - १५ अप्रिल बुधबार
पहिलो दिन जित्ने टोली - १५ अप्रिल बुधबार
गत महिना फिफा सिरिजका आयोजक र समूहहरूको घोषणा भएको थियो। यो पुरुष र महिला राष्ट्रिय टिमका लागि अन्तर्राष्ट्रिय विन्डोमा प्रतिस्पर्धा बढाउनका लागि फिफाको महत्वपूर्ण कदम हो। सिरिजमा नेपालको महिला राष्ट्रिय टोलीले पनि प्रतिस्पर्धा गर्ने तालिका मात्र छ।
नोभेम्बर २०२५ मा विस्तारित ढाँचा घोषणा भएसँगै फिफा सिरिज २०२६ मा ४८ राष्ट्रिय टिमहरूले मार्च र अप्रिलको अन्तर्राष्ट्रिय खेल विन्डोमा १२ समूहमा (प्रत्येकमा ४ टिम) प्रतिस्पर्धा गर्नेछन्।
यी ४८ टिमहरू फिफाका २११ सदस्य राष्ट्र संघहरूको करिब २५% हुन्, जसले विश्व फुटबलको ठूलो हिस्सालाई समेट्छ।कु ल ११ फिफा सदस्य राष्ट्र संघहरूले यो सिरिज आयोजना गर्नेछन्।
यसमा ९ पुरुष समूह र ३ महिला समूह छन्। सबै ६ फिफा कन्फेडरेसन (महादेशीय संघ) बाट टिमहरू सहभागी छन्।
पुरुष समूहका आयोजकमा अस्ट्रेलिया, अजरबैजान, इन्डोनेसिया, काजाकिस्तान, न्युजिल्यान्ड, प्युटो रिको, र्वान्डा र उज्बेकिस्तान छन्। महिला आयोजकमा ब्राजिल, आइभोरी कोस्ट र थाइल्याण्डमा छन्।