राष्ट्रिय लिग २०८२ मा चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मीलाई २-१ गोलले हराएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा चर्च ब्वाइजका लागि अबयोमीले ३२ मिनेटमा गोल गर्दै अग्रता दिलाए।
दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै नवयुग श्रेष्ठले आर्मीका लागि बराबरी गोल फर्काएका थिए।
६४ मिनेटमा रोहन कार्कीको गोलबाट चर्च ब्वाइजले खेलमा दोस्रो पटक अग्रता लियो र यो गोल नै निर्णायक बन्यो।
त्यसअघि चर्च ब्वाइजका जनार्जन देवकोटाले ५२ मिनेटमा रातो कार्ड पाउँदा टोली दश खेलाडीमा सीमित बनेको थियो।
यस्तै रमेश दंगालले ६३ मिनेटमा दोस्रो पहेँलो कार्ड पाएर मैदान छाड्दा चर्च ब्वाइज नौ खेलाडीमा सीमित बन्न पुगेको थियो।
जितसँगै अंक तालिकाको छैटौं स्थानमा उक्लिएको चर्च ब्वाइज ६ खेलबाट १३ अंक जोडेको छ। आर्मी ११ अंकसहित सातौं स्थानमा छ।