यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ का लागि भएको प्लेअफ खेलहरूको दोस्रो लेगबाट नकआउट चरणमा पुग्ने चार टोलीहरूको टुङ्गो लागेको छ।
गएराति सम्पन्न खेलहरूको समग्र नतिजाअनुसार इंग्ल्यान्डको न्युकासल युनाइटेड र स्पेनको एट्लेटिको मड्रिडले प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेका छन्।
अजरबैजानको क्युवागविरुद्धको खेलमा इंग्ल्यान्डको न्युकासल युनाइटेड दुवै लेगको समग्र नतिजामा कई ९–३ को फराकिलो अन्तरले पराजित गर्दै अर्को चरणको यात्रा तय गरेको हो।
त्यस्तै, अर्को रोमाञ्चक खेलमा स्पेनको एट्लेटिको मड्रिडले बेल्जियमको क्लब ब्रुगलाई समग्रमा ७–४ को अन्तरले पाखा लगायो।
यस चरणको सबैभन्दा अप्रत्याशित नतिजा भने इटालीको इन्टर मिलानले व्यहोर्नु परेको छ। नर्वेको बोडो/ग्लिम्टसँग समग्रमा ५–२ को नतिजाले पराजित भएपछि अघिल्लो
अर्को खेलमा जर्मनीको बायर लेभरकुजेनले ग्रीसको ओलम्पियाकोसलाई समग्रमा २–० को नतिजाले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।