राष्ट्रिय लिग २०८२ मा लालिगुराँस एसोसिएसन क्लब शीर्ष स्थानमा उक्लिएको छ। बुधबार दशरथ रंगशालामा भएको खेलमा लालिगुराँसले सुर्खेतको काँक्रेविहार क्लबलाई ४-१ गोलले हरायो।
लालिगुराँसका लागि मुकुन्द कुमारले ३५ मिनेटमा पहिलो गोल गरे। ३७ मिनेटमा अब्दुलले अग्रता दोब्बर पारे।
अब्दुलले ५५ मिनेट र ५६ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। काँक्रेविहारका सोनाम आचार्यले ७१ मिनेटमा गरेको गोल सान्त्वनामा सीमित बन्यो।
जितसँगै लालिगुराँसले सात खेलबाट १७ अंक जोडेको छ। दोस्रो स्थानमा झरेको प्लानिङ ब्वाइजसहित एपिएफ र मछिन्द्र क्लबको पनि १६-१६ अंक नै छ।
यता काँक्रेविहार भने एक अंक जोडेर पुछारबाट दोस्रो अर्थात् १६औं स्थानमा छ।
दिनको दोस्रो खेलमा श्री भगवती क्लब र सातदोबाटो युवा क्लबले गोलरहित बराबरी खेलेर अंक बाँडेका छन्।
भगवती ६ अंक जोडेर १३औं र सातदोबा६ ७ अंकसहित १२औं स्थानमा छन्।