राष्ट्रिय लिग २०८२ मा संकटा क्लबले चित्लाङ एफसीलाई पराजित गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा संकटाले चित्लाङलाई ४-० गोलले हराएको हो।
संकटाको जितमा रिचार्ड अन्येमाले ह्याट्रिक गरे। उनले खेलको पहिलो मिनेटमा गोलको खाता खोलेका थिए।
खेलको ३५ मिनेटमा अग्रता दोब्बर बाडारुले पारेका थिए। रिचार्डले ४५+२ मिनेटमा टोलीका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे।
७५ मिनेटमा रिचार्डले ह्याट्रिक पूरा गर्दा संकटाको अग्रता ४-० गोलमा पुगेको थियो।
जितसँगै संकटाको ९ अंक भएको छ। चित्लाङको ७ अंक छ।