युरोपियन च्याम्पियन्स लिग राउन्ड अफ १६ का पहिलो लेग खेलमा लिभरपुल पराजित हँदा एटेलटिको मड्रिड र बायर्न म्युनिखले जित निकालेक छन्।
टर्किस क्लब गालातासारायले इंग्लिस क्लब लिभरपुललाई १-० गोलले हरायो।
गालातासारायले घरेलु मैदानमा साँघुरो जित निकाल्यो। ७औं मिनेटमा मारियो लेमिनाले गोल गरे। लिभरपुलले राम्रो मौका पाए पनि गोल गर्न सकेन। यो सिजनमा लिभरपुलले गालातासारायसँग दोस्रो पटक १–० ले हार्यो।
बायर्न म्युनिखले अटालान्टालाई ६-१ ले हरायो। माइकल ओलिसेले उत्कृष्ट प्रदर्शन गरे। बायर्न दोस्रो लेगमा लगभग क्वार्टरफाइनलमा पुगिसकेको जस्तो देखिन्छ।
एट्लेटिको मड्रिडले घरेलु मैदानमा टोटेनहमलाई ५-२ ले पराजित गर्यो। पहिलो हाफमै धेरै गोल भइसकेको थियो। जुलियन अल्भारेज (दुई गोल), ग्रिजमन र मार्कोस योरेन्टेले उत्कृष्ट खेल खेले। टोटेनहमको डिफेन्स पूरै भत्कियो। दोस्रो लेगमा फर्कन निकै गाह्रो छ।
बार्सिलोना र न्युकासलले बराबरी खेले। सेन्ट जेम्स पार्कमा न्युक्यासलका हार्भे बार्नेसले ८६औं मिनेटमा गोल गरे। तर खेलको अन्तिम समयमा (९०+६ मिनेट) लामिने यामालले पेनाल्टीबाट बराबरी गोल फर्काए। दुवै टिमका लागि दोस्रो लेग निकै रोमाञ्चक बन्नेछ।
यी नतिजाले दोस्रो लेगलाई धेरै रोचक बनाएको छ। बायर्न र एट्लेटिको मड्रिड क्वार्टरफाइनलमा लगभग पुगिसकेका छन्, बाँकी खेलहरू खुला छन्।