अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो सिजनको सहिद स्मारक एन्फा महिला लिग चैत ४ देखि गर्ने भएको छ।
एन्फाले लिगका खेलहरू च्यासल मैदानमा हुने जनाएको छ।
सिजनको लिगमा दश टोलीले भाग लिनेछन्।
भाग लिने टोलीमा न्युरोड टिम, त्रिभुवन आर्मी क्लब, बागमती युथ क्लब, नेपाल पुलिस क्लब, राप्ती एफसी, एपिएफ, चर्च ब्वाइज, आरएस पोखरा, झापा एफसी र संकटा एफसीले प्रतिस्पर्धा गर्दैछन्।
लिगको पहिलो खेलमा न्युरोड र संकटाबीच खेल हुनेछ।
