नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएसँगै गुग्लिएल्मो एरेनाले ४६ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेका छन्।
नेपाल हङकङबीच चैत १२ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि उनले प्रारम्भिक टोली घोषणा गरेका हुन्। यो खेल नै उनको प्रशिक्षकको रुपमा पहिलो खेल हुनेछ।
नेपालले एक वर्षमा दोस्रो पटक हङकङसँग खेल्न लागेको हो। यसअघि हङकङमा गत जुनमा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो।
एएफसी एसियन कपको तेस्रो चरणको छनोटमा नेपालले आफ्नो अन्तिम खेल खेल्न बाँकी छ। यसअघि पाँच खेलमा लगातार पराजित भइसकेको नेपाल बाहिरिसकेको छ।
नेपालले अन्तिम खेलमा लाओससँग खेल्ने तय छ। चैत १७ गते हुने खेल होम म्याच भए पनि दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउँदा यो खेल कहाँ हुने टुंगो छैन।
प्रारम्भिक टोली
अभिषेक लिम्बु, आदित्य शाक्य, अजय चौधरी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक बिष्ट, अविष्कार खड्का, आयुष घलान, रत खवास, विशेल सुनार, दीप कार्की, दिपेश गुरुङ, दिनेश हेनजन, दिवाकर चौधरी, जर्ज प्रिन्स कार्की, जिलेस्पी जंग कार्की, किरण चेम्जोङ, किरण सुनार, कृतिश रत्न छुन्जु, कुशल देउवा, लक्षु थापा, लकेन लिम्बु, मणी लामा, मनिष डाँगी, मिलन राई, नवयुग श्रेष्ठ, ओशेन्द्र कटुवाल, पदम भट्टराई, पदम कुमार तामाङ, पेम्बा दोर्जे लामा, प्रदीप बुढाथोकी, प्रदिप लामा, प्रताप सिंह राई, रामबाबु कुमार शाह, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सकल रेग्मी, सनिश श्रेष्ठ, सराज तामाङ, शंकर थारु, सृजन राज गौतम, सुबास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज गुरुङ, योगेश धिमाल, योगेश गुरुङ, युबराज खड्का
मुख्य प्रशिक्षक: गुग्लिएल्मो एरेना