सिमा रानी घले युरोपेली मुलुक क्रोएसियाको शीर्ष डिभिजन महिला फुटबल क्लबमा अनुबन्धित भएकी छिन्।
सिमाले क्रोएसियाको प्रतिष्ठित 'ए डिभिजन' क्लब जेडएनके स्प्लिटसँग आधिकारिक रूपमा सम्झौता गरेकी हुन्।
यो क्लबले क्रोएसियाको महिला फुटबलको सबैभन्दा उच्च तहको लिग 'मजेन्टा लिग' खेल्ने गर्दछ।
उनले क्रोएसियाको लिग खेल्न लागेको नेपालको संकटा एफसीले पुष्ट गरेको हो।
उनले आफ्नो फुटबल यात्राको सुरुवात एफसी बुद्धबाट गरेकी थिइन्। त्यसपछि उनले संकटा क्लब बाट व्यावसायिक फुटबल खेल्दै आफ्नो उत्कृष्ट प्रतिभा प्रदर्शन गरिन्।